रास्वपा सांसद झाको दाबीः गृहमन्त्रीमाथि उजुरी दिएपनि त्यो दर्ता भएको छैन

रास्वपा सांसद झाको दाबीः गृहमन्त्रीमाथि उजुरी दिएपनि त्यो दर्ता भएको छैन

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्री रवि लामिछानेमाथि कुनै व्यक्तिले चौकीमा उजुरी दिएको तर त्यो पनि दर्ता नभएको दाबी गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले गृहमन्त्री लामिछानेमाथि कुनै व्यक्तिले चौकीमा उजुरी दिएको तर त्यो पनि दर्ता नभएको र प्रायोजित पत्रकाहरूलाई लेख्न लगाइएको सूचनामात्र भएको आरोप लगाएका छन्।

उनले गृहमन्त्रीको विषयमा कानूनले कुनै निर्णय नदिइसकेको र सुरक्षा निकायले आफ्नो सूचना दिइसकेको जानकारी गराउँदै भने, ‘प्रधानमन्त्रीले सदनमा आएर आफ्नो जवाफ दिइसक्नुभएको छ। त्यो उजुरी भनिएको कुनै व्यक्तिले चौकीमा दिएको मात्रै हो त्यो दर्ता भएको छैन। त्यो प्रायोजित केही पत्रकारहरूलाई लेख्न लगाइएको सूचना मात्रै हो। त्यसमा प्रश्न छ। निष्कर्ष छैन। त्यसको आधारमा पटक पटक गरिएको प्रहारमाथि हाम्रो आपत्ति छ। आउनुस्, कानूनी रूपमा जाऔँ, आउनुस् प्रक्रियागत रूपमा जाऔँ, कति कुण्ठा पाल्नुहुन्छ। त्यसैले यस्तो राजनीति नगर्नुस्।’

Logo