अन्तर प्रदेश राष्ट्रिय खेलकुदः कोशी फाइनलमा

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः कोशी फाइनलमा

केन्द्रबिन्दु
15
Shares

हेटौंडा। कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको हो।

खेलमा कोशी प्रदेशका निखील तामांग र आभिशेक बिकले १–१ गोल गरेका हुन्। खेलमा उत्कृष्ट प्रर्दशन गरेका कोशी प्रदेशका कमल खवासलाई म्यान अफ द म्याच घोषित भएका छन्।

बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो।

Skip This
Skip This
Logo