सरकार संसदीय क्षेत्राधिकार माथि प्रहार गरिरहेको छ: नेता सिंह

सरकार संसदीय क्षेत्राधिकार माथि प्रहार गरिरहेको छ: नेता सिंह

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप लगाएका छन्।

मन्त्रीहरुका बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्र पर्ने हुनाले यसो गर्न नचाहनुले सरकार संसदको क्षेत्राअधिकार माथि नै प्रहार गरिरहेको बताए।

उनले एकातिर संसद सुचारु गराउन नचाहने अर्कोतिर लगानी सम्मेलन आयोजना गर्ने अनि कसरी लगानीको वातावरण बन्न सक्छ भन्दै देशमा राजनीतिक स्थायीत्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनको नतिजा कस्तो आउला? भन्ने प्रश्न गरे। पहिले मुलुक भित्रको राजनीतिक स्थायित्वको लागि वातावरण बनाउन केन्द्रित हुन समेत उनले सरकारलाई सुझाव दिए।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै उक्त कुरा बताएका हुन्।

जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक नहुने भन्दै लाखौं करोडौ रकम हिनामिना भएको सहकारी प्रकरणमा कांग्रेसले आवाज उठाउँदा कांग्रेसमाथि आरोप लागेपनि जनताको रकम हिनामिनाको एजेन्डा बोक्न कांग्रेस पछि नहट्ने बताए।

Skip This
Skip This
Logo