काठमाडौं । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा तेस्रो बनेका प्रितम आचार्य नेपाल फर्किएका छन् । जी टीभीबाट प्रसारण हुने शोको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका थिए ।
सुनसरीको इटहरीमा जन्मिएका प्रितमको प्रस्तुतिलाई अडिसनदेखि नै निर्णायक मण्डल र दर्शकले धेरै रुचाएका थिए । ६ कक्षामा पढ्ने उनले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।
उनी नेपाल फर्किदा भव्य स्वागत गरिएको थियो । उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त, शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो ।
सोमबार काठमाडौं पुगेको प्रितम सोही दिन गृह जिल्ला सुनसरी गएका थिए । त्यहाँ पनि उनको भव्य स्वागत गरिएको थियो । उनको स्वागतका लागि हजारौं मानिस सडकमा उर्लिएका थिए ।





























प्रतिक्रिया