काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्दशनकोविरुद्ध युवाहरुले विरोध प्रदर्शन गरेका छन् । मंगलबार बिहान काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएका युवाहरुले लोकसेवाको विज्ञापन रोक्ने निर्देशनको विरोधमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने नियतले लोक सेवाको प्रक्रिया रोक्न खोजेको आरोप लगाएका छन् ।
उनीहरुले करार भर्ना बन्द गर, राज्य व्यवस्था समिति मुर्दावाद जस्ता नारा लगाएका थिए । प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएका विद्यार्थीहरुको पनि सहयोगिता रहेको थियो ।
लोकसेवा आयोगले स्थानीय तहका लागि भन्दै जेठ १५ गते विज्ञापन निकालेको थियो । सोमबारको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
त्यस्तै आयोगको विज्ञापनविरुद्द सर्वोच्च अदालतमा पनि रिट दायर भएको छ । अधिवक्ता जगदेव चौधरीले उक्त विज्ञापन अवैध भएको दाबीसहित सर्वोच्चमा रिट दायर गरेका हुन्।































प्रतिक्रिया