सडक मर्मतको माग गर्दै थलीका स्थानीयले गरे प्रदर्शन

सडक मर्मतको माग गर्दै थलीका स्थानीयले गरे प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

थलीका स्थानीयबासीले भत्काइएको सडक निर्माण तत्काल सुरु गर्नुपर्ने भन्दै प्रदर्शन गरेका छन्।

उनीहरुले बिहानैदेखि उनीहरूले सडकमा टायर बालेर विरोध गरेका छन्।

प्रदर्शनको कारण चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु चल्ने सम्पूर्ण सवारीसाधन बन्द छन्। प्रदर्शनकारीले निजी सवारी, तथा विद्यालयका बस समेतलाई सञ्चालनमा रोक लगाएका छन्।

केही समयअघि बौद्धका स्थानीयबासीले आन्दोलन गरेपछि त्यहा सडक कालोपत्रे गरिएको थियो।  त्यसपछि ललितपुरको चापागाउँका स्थानीयले पनि आन्दोलन गरेका थिए ।

Skip This
Skip This
Logo