एसिसी प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

एसिसी प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

केन्द्रबिन्दु
45
Shares

संयुक्त अरब इमिरेट्स (युएई)ले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा युएईले बहराइनमाथि ३७ रनको जित दर्ता गरेको हो । समूह बीमा रहेको युएईले पहिलो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेका थियो ।

२३७ रनको विशाल लक्ष्य पछ्याएको बहराइन निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९९ रन मात्रै जोड्न सक्यो । इमरान अन्वारले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि जिताउन सकेनन् । उनले २२ बलमै ७ छक्काको मदतमा ६० रन जोडे । साथै इमरान अलिले ३५ रन, जुनैद अजिजले २४ रन तथा उमर टुर र रिजवान बटले समान १७/१७ रन जोडे।

युएईका आयान अज्फल खानले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३६ रन जोडेको छ । ओपनर अलिसान सारफूले ४१ बलमा ७८ रन जोडे । साथै कप्तान मुहम्मद वासिमले ६५ रन जोड्दा असिफ खानले ६६ रन जोडे ।

बहराइनका इमरान अन्वारले ३ विकेट लिए ।

Logo