काभ्रे।
काभ्रे जिल्लामा आज ७ जना संक्रमित थपिएका छन् । आज ३८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १४५ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका २, धुलिखेलका १, मण्डनदेउपुरका २ र पनौतीका २ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ३१ सय ४५ पुगेको छ । निको हुनेको संख्या २९ सय ९१ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १ सय १४ जना रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट ४० पुरुष र १५ महिला गरी ५५ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ३९१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २९८, भक्तपुरमा २० र ललितपुरमा ७७ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९३ हजार ८०० जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ५४८ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ५९८ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १६ हजार ९४२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ जना पुगेको छ । आज ७३६ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । आज निको हुनेको संख्या ८४७ रहेको छ ।
आजको पिसिआर परीक्षण ५ हजार ५५५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ४९ हजार १३६ रहेको छ । आज ९ हजार ७५७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया