काठमाडौं,
समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन् ।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाएका छन् ।
त्यस्तै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रर्दशनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गरे । उनले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए ।
नागरिकबाट





























प्रतिक्रिया