काठमाडौं । नेपाल-भारतबीच रेल सेवा सम्झौता ५ वर्षका लागि नवीरकरण भएको छ । दुई देशका अधिकारीबीच भारतमा जेठ २३ र २४ गते भएको वार्तापछि रेल सेवा सम्झौता नवीकरण भएको हो । वार्तापछि रेल सेवाबारे दर्जनभन्दा बढी सहमति भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको ११ सदस्यीय टोली वार्ताका लागि भारत गएको थियो । भारतबाट टोली फर्किएपछि सोमबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत भारतसँग गरिएको सम्झौताबारे जानकारी दिईएको छ ।
नयाँ सहमति अनुसार भारतले नेपाली रेललाई कोलकात्तारहल्दियादेखि वीरगञ्ज, विराटनगरसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिनेछ । अब नेपालकै रेल कोलकत्तासम्म जान पाउनेछ ।
नयाँ धामरा र मुन्द्रा पोर्टसम्मको रेल सेवाका विषयमा पनि सहमति भएको छ । यस्तै रक्सौलको सुख्खा बन्दरगहासम्म विद्युतीय रेल्वे लाइन विस्तार गर्न भारत सहमत भएको छ ।
विराटनगर र भैरहवा नाकाबाट समेत बल्क कार्गो ढुवानी गर्न पाउने गरि रेल सेवामा आवश्यक संशोधन गर्ने र विरानटनर-जोगबनी, भैरहवा-नौतनुवा, कुर्ता-जयनगर रुटमा रेल सेवा सुरु भएपछि कार्गो ढुवानी गर्न दिन भारत सहमत भएको छ ।





























प्रतिक्रिया