गायक सुनिल गिरीले ल्याए ‘कालीगड’

गायक सुनिल गिरीले ल्याए ‘कालीगड’

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ ल्याएका छन्।

प्राय: आफ्नो नयाँ शैलीमार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ।

‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो।

‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालीगढले छिलेको’ गीतमा युवायुवतीले एकअर्काको रूपको खुलेर प्रसंशा गरेका छन्। यसको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय एवं नृत्य छ।

यो रोमान्टिक गीत कर्णप्रिय छ। लुम्विनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई झनै आकर्षक बनाइएको छ।

फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायक गिरीले यसपटक रोमान्टिक गीत नयाँ वर्षको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेका हुन्।

आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन्।

भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन्। भिडियो कथा पनि उनकै हो।

गीत ‘सुनिल गिरी’ युट्युब च्यानलमा रिलिज गरिएको छ।

https://www.youtube.com/watch?v=If9AAGOQ50Q

Logo