काठमाडौं ।
कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट खोलिएको छ।
हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको दर्शन गर्न भक्तालुहरु बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् । यसअघि लामो समय मन्दिर बन्द राख्नु परेकोले पशुपति क्षेत्र विकास कोषले क्षमापूजा गरेको थियो ।
मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेकी थिइन् । भक्तालुहरुले मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्नेछ । मन्दिरभित्र प्रवेश गर्नु अघि हात स्यानिटाइज गर्नु पर्ने व्यवस्था पनि मिलाइएको छ । मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तन लगायतका क्रियाकलाप भने अझै पनि बन्द गरिएको कोषले बताएको छ ।
मन्दिर खोलिएपछि पूजाआजा गर्न सर्व साधारणदेखि कलाकारसम्म जाडोको प्रवाह नगरी बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् ।
पशुपति क्षेत्र विकास कोषले पहिलो चरणमा पश्चिम ढोकाबाट मात्रै सर्वसाधारणलाई प्रवेश गर्न र बाहिर निस्कन दिने व्यवस्था गरेको छ ।





























प्रतिक्रिया