काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको पुरानो गठबन्धन आफूहरूले फालेको दाबी गरेका छन्।
मंगलबार झापा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले कांग्रेससँगको पुरानो गठबन्धन ढालेको दाबी गरेका हुन्।
उनले भने,‘हामीले गठबन्धन ढाल्नु थियो, गठबन्धन ढाल्दियौँ। कुन मन्त्रालय, कुन मन्त्रालय भन्ने होइन। हाम्रो गृहमन्त्री, हाम्रो प्रधानमन्त्री हाम्रो सरकार। पहिले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ। केही अल्मलिनुभयो, झुक्किनुभयो। फेरि हामी उहाँलाई कन्भिन्स गर्यौँ। अहिले साहसिक निर्णय गर्नुभएको छ। देशको पक्षमा निर्णय गर्नुभएको छ।’





























प्रतिक्रिया