चितवनमा एक चाउचाउको गोदाममा आगलागी भएको छ ।
रत्ननगर नगरपालिका–१४ मा रहेको एबिसी चाउचाउको गोदाममा आज बिहान आगलागी भएको हो । आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ ।
अहिले आगो निभाइसकेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
विद्युत् चुहावट हुँदा आगलागी भएको पुष्टि भएको र क्षतिको एकिन विवरण आइनसकेको उनले बताए ।































प्रतिक्रिया