जब कृषिमन्त्रीले भैँसी दुहुन थालिन्…!

जब कृषिमन्त्रीले भैँसी दुहुन थालिन्…!

केन्द्रबिन्दु
0
Shares

सुर्खेत,

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भैंसी दुहेर कृषकलाई हस्तान्तरण गरेकी छिन् । प्रदेश राजधानी वीरेन्द्रनगर–१ का ५० दलित परिवारलाई मन्त्रालयले अनुदानमा दुहुना भैंसी वितरण गरेको हो । ‘दलित समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले ५० परिवारलाई दुहुनो भैंसी वितरण गरिएको हो’, मन्त्री केसीले भनिन्, ‘दुधको बजारिकरणको व्यवस्था पनि हामीले गरेका छौं ।’

मन्त्री केसीले अनुदानको सही सदुपयोग गरेर जीविकोपार्जन सुधार ल्याउन आग्रह गरिन् । ‘प्रदेश राजधानीभित्रैको बस्ती भएकाले हामीले यसलाई नमूनाको रुपमा प्रस्तुत गर्ने लक्ष्य लिएका छौं’ उनले भनिन्, ‘सोही अनुसार अनुदानको सदुपयोग गर्दै आफ्नो जिविकोपार्जनमा सुधार ल्याउनुस् ।’

केही अघिसम्म दलित समुदायले पालेका गाई–भैंसीको दुध विक्री हुँदैनथ्यो । ‘दुध विक्री नहुने भएकाले जमिन भएपनि भैंसी पाल्थेनौं’, स्थानीय रामकला सार्कीले भनिन्, ‘मन्त्रालयलेनै बजारको ग्यारेन्टी गरेकाले भैंसी पाल्न राजी भएका हौं ।’ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैंसी दिएको हो ।
नागरिकबाट

Logo