बुटवल,
बुटवल उपमहानगरपालिकाको तिनकुने देविनगर जोड्ने पक्कि पुल निर्माण कम्पनीको चरम लापर्वाहीका कारण समयमा नवनाउँदा सेवाग्राहीले अत्यन्तै दुःख भोग्नु परेको छ ।
आउँदो असार मसन्त भित्र निर्माण सम्पन्न गर्ने गरि गत फागुन २७ गते शिल्यान्यास गरिएको उक्त पक्कि पुलको काममा निर्माण कम्पनीले खेलवाड गर्दा समयमा निर्माण हुनु त परै जाओस आउने वर्षा याममा तिनकुने देविनगर क्षेत्र डुवानमा पर्ने खतरा समेत बढेर गएको स्थानियहरुले गुनासो गरेका छन् ।
दैनिक २० हजार भन्दा बढी सर्वसाधारण आवत जावत गर्ने उक्त सडकको पूल ठूलो र पक्कि गर्ने गरि नगरपालिकाको वजेटमा निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्कामा दिईएको हो ।
निर्माण कम्पनी वावुल दीव्य जेवी कन्टक्सनले १ करोड ४० लाख लागतमा आउदो असार मसन्त सम्ममा पुल निर्माण गर्ने गरि ठेक्का सुम्झौता नगरपालिकासंग गरेको हो । निर्माणको निर्धारित समय आउन लाग्दा पनि अझै पुलको ५ प्रतिशत पनि काम भएको छैन ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया