पशुपतिको सम्पत्तिमा रजाइँ

पशुपतिको सम्पत्तिमा रजाइँ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ । धर्म कमाउनकै लागि पितापुर्खाले जग्गा जमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए । कसैले सरकार (गुठी संस्थान) लाई जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए । कसैले चाँदी, तामा, पित्तल आदि दान दिए । हुनेखानेले सुन नै चढाइदिए ।

समयले कोल्टे फेर्दै गयो । जग्गाको भाउ अकासिँदै गयो । आनाकै लाखौं, करोड पर्न थालेपछि अर्काथरी मान्छेको सोच फरक हुन थाल्यो । उनीहरू धमाधम ती गुठीमा रहेका जग्गा आफ्नो नाममा बनाउन थाले । आफ्नो बनाउन नसक्नेले सोझासाझालाई सस्तोमा बेचेर कमाउन थाले ।

हजारौं बिघा/रोपनी जग्गाको धनी पशुपतिनाथ क्रमशः खोक्रिँदै गयो । विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको एकातिर महत्व दिनानुदिन बढ्दैछ भने अर्कोतिर पशुपतिनाथको चलअचल सम्पत्ति हत्याउने क्रमसँगै विश्व सम्पदामा सूचीकृत भएर पनि अस्तित्व जोगाउन हम्मेहम्मे पर्न थालेको छ ।

स्कन्द पुराणको हिमवतखण्डमा प्रलयकालमा ब्रह्मा र विष्णुबीच को ठूलो भन्ने विषयमा विवाद हुँदा ती दुईको घमण्ड तोड्न भगवान् शिवले तेजोमय लिंगको रूप लिएको र सोही ज्योतिर्लिंग नै धेरै कालको अन्तरालपछि पञ्चवक्त्र पशुपतिका रूपमा प्रकट भएको कथा पाइन्छ । उतिबेला यसरी पशुपतिको चलअचल सम्पत्ति नाश गर्ने भन्ने कुरो कल्पना बाहिरको थियो ।

मन्दिर व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष स्थापना गर्नुपर्छ भन्ने सोच २०४३ सालमा मात्र आएको देखिन्छ । त्यस अघिदेखि नै पशुपतिका नाममा रहेका जग्गा र चढाइएका सुनचाँदीमा आँखा लगाउन थालिसकेको अभिलेखले देखाएको छ । कोष बने पनि त्यतिबेला हराएका जग्गा, सुन र सम्पत्ति खोजी गर्ने काम कसैले गरेन ।
अन्नपूर्णबाट

Logo