संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो- ‘स्टप सपोर्टिङ चाइना’

संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो- ‘स्टप सपोर्टिङ चाइना’

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। पछिल्लो समय निरन्तरजसो भइरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन। संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन्।

बिहीबार पनि संघीय संसद्को वेबसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन्। फोटोमा लेखिएको छ,‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले भने,‘हाम्रो पेज पूरै ह्याक भएको त छैन। तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ। केही समय अघि मात्रै हामीले थाहा पायौं। यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ।’

सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेबसाइटमा पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृति बढेको छ। जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ।

Skip This
Skip This
Logo