कांग्रेसका शीर्ष नेतासँगको छलफलमा सभापति देउवा

कांग्रेसका शीर्ष नेतासँगको छलफलमा सभापति देउवा

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं। नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।

बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्। सभापति देउवाको आह्वानमा आकस्मिक रुपमा बैठक बसेको एक नेताले जानकारी दिए।

कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो। बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।

Skip This
Skip This
Logo