गायक प्रकाश सपुतलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिएका छन् । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केको धन्यबाद दिँदै निरन्तरताकाे लागि शुभकामना दिएका हुन् ।
गायक सपुतले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ‘गलबन्दी’ को सफलता सम्पूर्ण संगीतकर्मीका लागि भएको बताएका छन्। ‘गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्तत: नेपालीलाई नेपालीपन नै मन पर्ने रैछ भन्ने कुरा गित संगित, चलचित्र, साहित्य सबै तिर पुनर्विचार हुन थालेको छ ।हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है।’ उनले भने।
सपुतको स्टाटस
म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ ।
हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ। यो पर्सनल्ली मेरो र बोलमायार गल्बन्दी टिमको भन्दा पनि समग्र लोक संगितकर्मी लागि सुखद कुरा हो जस्तो लाग्छ । गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्तत: नेपालीलाई नेपालीपन नै मन पर्ने रै’छ भन्ने कुरा गीत संगित, चलचित्र, साहित्य सबैतिर पुनर्विचार हुन थालेको छ । हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।
चर्चित गायक सपुतसंग केन्द्रबिन्दुले लिएको अन्तर्वार्ता





























प्रतिक्रिया