ललितपुर,
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा लगायतका सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी लगेर जावलाखेल पुर्याएका छन् ।
प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करिब १५० देखि २०० जनाको टोलीले रथ तानेको छ । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो । आइतबार राष्ट्रप्रमुखको उपस्थितीमा भोटो देखाइने भएको छ ।





























प्रतिक्रिया