सवारी दुर्घटनाका घाइतेको मृत्यु हुँदा परिवारले २८ लाखसम्म पाउने

सवारी दुर्घटनाका घाइतेको मृत्यु हुँदा परिवारले २८ लाखसम्म पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अब सवारीसाधन दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बिमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएका छन् ।

यातायात व्यवस्था विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाको बिमांक रकम ८ लाखबाट बढाएर २८ लाख रुपैयाँसम्म बनाउने तयारी गरेको छ । विभागले मोटर बिमा योजनामा मेरुदण्ड र टाउकोमा लागेको चोटको पनि रक्षावरण गर्न समितिलाई अनुरोध गरेको छ ।

सरकारले यातायात समितिहरूको खारेजी गरेपछि व्यवसायीलाई थप सुरक्षित बनाउन बिमांक रकम बढाउने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयपछि विभागले मोटर बिमालाई संशोधन गरी बिमांक रकम बढाउन बिमा समितिलाई अनुरोध गरेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । ‘हामीले हाम्रो आवश्यकता अनुसार बिमांक रकम बढाउन बिमा समितिसँग अनुरोध गरेका छौँ । उहाँहरूले अन्य सरोकार निकायहरूसँग छलफल गरी बिमा शुल्कसहितको योजना बनाउँदै हुनुहुन्छ,’ उनले भने ।

यातायात विभागको अनुरोधमा बिमा समितिले मोटर बिमा अन्तर्गत मृत्यु वा उपचारबापतको रकम बढाउने भएको छ । समितिले मोटर दुर्घटनाका कारण मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने तयारी गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘हामीले विभागको अनुरोधमा मोटर बिमालाई संशोधन गर्ने तयारी गरेका हौँ ।
नयाँ पत्रिकाबाट

Logo