कोशी: संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

कोशी: संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले सांसदहरूलाई ह्विप जारी गरेको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा बिहीबार बसेको एमालेको संसदीय दलको बैठकले अनिवार्य रूपमा मतदान गर्न ह्विप जारी गरेको हो।

एमाले कोशी प्रदेशका अनुसार आज प्रदेश सभामा संकल्प प्रस्ताव टेबल गर्ने निर्णय भएको बताए।

आज दर्ता भएको प्रस्तावमाथि भोलि, शुक्रबारदेखि छलफल सुरू हुनेछ।

२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए।

Skip This
Skip This
Logo