विधिसम्मत गरिएको विज्ञापन रोकिँदैन : लोकसेवा

विधिसम्मत गरिएको विज्ञापन रोकिँदैन : लोकसेवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनको प्रक्रिया जारी नै राख्ने भएको छ । आयोगले वैधानिक रूपले प्रकाशन गरेको विज्ञापन आफैंले रद्द गर्न नसक्ने जनाएको हो ।

आयोगले गत १५ जेठमा स्थानीय तहमा रिक्त कर्मचारी व्यवस्थापनका नाममा ९ हजार १ सय ६१ संख्याका लागि आवेदन खुला गरेको थियो । आयोगले भर्ना खुलाउँदा समावेशी सिद्धान्तलाई पालना नगरेको भन्दै विभिन्न विद्यार्थी संगठन, राजनीतिक दल तथा सांसदले विरोध जनाइरहेका बेला लोकसेवाले विज्ञापन प्रक्रिया नरोक्ने बताएको हो ।

कानुन र विधिसम्मत गरिएको विज्ञापन कुनै पनि हालतमा नरोकिने आयोगको भनाइ छ । लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार आयोगले विधिसम्मत दरखास्त आह्वान गरेकाले विज्ञापन नरोकिनुका साथै कार्यतालिकामा पनि कुनै फेरबदल हुनेछैन ।

आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघ र संयुक्त विद्यार्थी संगठनले सरकार र आयोगविरुद्ध नाराबाजी गर्दै आयोगका देशभर रहेका कार्यालय घेराउलगायतका आन्दोलनका कार्यक्रम गर्दै विज्ञापन रोक्न दबाब दिँदै आएका छन् ।
राजधानीबाट

Logo