चितवन,
चितवनको माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १४ बर्ष पुगेको छ । वि.सं. ०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो । ७५ जना घाइते भएका थिए । घटनामा परी घाइते भएका ४ जनाको पनि मृत्यु भइसकेको छ ।
घटना पश्चात पीडितको राहतका लागि विभिन्न समयमा बोलिएका, कार्यक्रम गरिएका प्रयास असफल हुँदा घटनाका पीडितहरु थप पीडित बन्दै गएका छन् । घटना घटेको एक बर्षपछिदेखि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरु न्याय माग्दै आएका छन् । घटनामा परि आफन्त गुमाएका र अपाङ्ग भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।
तत्कालीन माओवादीले सरकारको नेतृत्व गरिसकेको र पटकपटक सरकारमा पुग्दा समेत पीडितको पक्षमा न्याय हुन सक्ने गरी काम गर्न नसकेको पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ ।
तत्कालीन माओवादीका नेतृत्व पुष्पकमल दाहाल अहिले सो क्षेत्रको सांसद समेत रहेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमती अझै लागु हुन सकेको छैन । मृतकका आश्रृत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृती र बालबालिकालाई पढाइ दिने सहमती भएको थियो ।
घाइतेको अवस्था हेरी औषधी उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृती दिने सहमती थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमुना संग्राहलय बनाउने अर्को सहमती पनि भएको थियो । अहिले यी सहमती कुनै पनि पुरा भएका छैनन् ।
हरेक वर्षझैँ यस वर्ष पनि पीडित परिवारले घटनास्थलमा धुपबत्ती बालेर मृतकहरुको सम्झना गरेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताए । बिगतका वर्षहरुको निरन्तरता दिने काम बाहेक अरु केही गर्न नसकिएको उनले बताए ।
घटना भएको १४ वर्ष पुग्दा पनि पीडितले न्याय पाउन नसकेको बताउँदै उनले पीडितको माग अहिलेसम्म सुनुवाई हुन नसकेको बताए । उनले राज्यका तर्फबाट पिडित परिवारले केहि पाउन नसकेको गुनासो गरे । घटनामा घाईते भएका १५ जनाले अहिले पनि औषधी खाइरहेको र सात जना मानसिक समस्यामा रहेको न्यौपानेले बताए ।
राजधानीबाट































प्रतिक्रिया