काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार (आज) सुन ८ सयले बढेको हो ।
गत हप्ता आइतबार २ सयले घटेको थियो । सोमबार १ सयले घटेको थियो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन बुधबार १ हजार ६ सयले घटेको थियो । यस्तै विहिबार ९ सय रुपैयाँले घटेको थियो । शुक्रबार सुनको मूल्य स्थिर रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९३ हजार १०० सय र तेजाबी सुनको मूल्य ९२ हजार ६५० कायम रहेको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँले बढ्दै १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया