छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष जेल

छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष जेल

केन्द्रबिन्दु
0
Shares

हेटौंडा । नाबालिका छोरीलाई बलात्कार गर्ने बाबुलाई १९ वर्षको जेल सजाय तोकिएको छ । १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको हो । साथै ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको बिहीबार बसेको इजलाशले हेटौंडा उपमहानगरपालिका-१२ का ३७ वर्षीया एक बाबुलाई नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनाता करणी गरेको १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला गरेको हो।

पटकरपटक बलात्कार गर्नुको साथै यौन दुर्व्यवहार गर्दै आएका थिए। पछिल्लो पटक बावुले २०७५ पुस २२ गते बलात्कार गरेका थिए। उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भएको हो।

प्रहरीले पुस २३ गते पक्राउ बावुलाई पक्राउ गरेको थियो। जिल्ला अदालत मकवानपुरले माघमा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो। नाबालिकाको आमाले दोस्रो विवाह गरेर अन्यत्र गएपछि उनले यौन दुर्व्यवहार र बलात्कार गर्दै आएका थिए ।

Skip This
Skip This
Logo