सन्दीपको अर्धशतकमा युएईलाई १ सय २० रनको लक्ष्य

सन्दीपको अर्धशतकमा युएईलाई १ सय २० रनको लक्ष्य

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले युएईलाई १ सय २० रनको मध्यम लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर सुरूवात गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै जोड्न सक्यो।

नेपालका लागि सन्दीप जोराबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। सन्दीले ४० बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन जोड्दै क्याच आउट हुन पुगे।

यस्तै, गुल्शन झाँले २० रन जोड्दा करन केसीले १७ रन जोडे।

नेपालका अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक समेत जोड्न सकेनन्।

Skip This
Skip This
Logo