प्रहरीले गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) लाई पक्राउ गरेको छ । प्रहरीको खोजी सुचीमा रहेका राधे धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ परेका हुन् ।
उनले प्रहरीलाई देखेपछि प्रहरीलाई नै लक्षित गरी फायर गरेका थिए । जसबाट प्रहरीको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
उनको साथबाट हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलको जिल्ला उपाध्यक्ष रहेका उनी विगत लामो समयदेखि गुण्डागर्दी कार्यमा संलग्न थिए ।





























प्रतिक्रिया