संसदीय पत्रकार मञ्च प्रदेश ३ समितिले प्रदेशसभामा मिडियाको पहुँच सहज बनाउन माग गरेका छन् ।
मञ्चका अध्यक्ष राममणि दाहाल, सचिव केशव समर्पण, सदस्य सुदीप शिवाकोटी लगायतको टोलीले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई भेटी पत्रकारहरुसँगको समन्वय र सहकार्यको लागि आग्रह गरेका हुन् ।
सभामुख श्रेष्ठलाई जनताले चुनेर पठाएका जनप्रतिनिधिले गरेका गतिविधि जनतासमक्ष पु¥याउनको लागि पत्रकारले महत्वपपूर्ण भूमिका खेलेको भन्दै पत्रकारको क्षमता अभिवृद्धि, विधेयक छलफल, अन्तरक्रिया, अन्तरप्रदेश अनुभव आदानप्रदानलगायतका कार्यक्रम समेटेर आवश्यक बजेट बिनियोजन गर्नसमेत संसदीय पत्रकार मञ्चले माग गरेको छ ।
भेटका क्रममा सभामुख श्रेष्ठले आफूले प्रदेशसभामा मिडिया सेन्टरको स्थापनाको तयारी गरेको बताए ।
संसदीय पत्रकार अन्तर प्रदेश सञ्जालको गत जेठ ६ गतेदेखि ८ गतेसम्म लुम्बिनीमा भएको भेलाबाट जारी घोषणापत्र पनि सभामुख श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

























प्रतिक्रिया