विद्यार्थीको चाप ११ हजार : दुई सय ४० लाई मात्र पढाउन सिफारिस

विद्यार्थीको चाप ११ हजार : दुई सय ४० लाई मात्र पढाउन सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यो वर्ष २ सय ४० जना मात्र विद्यार्थी भर्ना गर्न सिफारिस गरिएको छ ।

सर्वोच्च अदालतले जेठ ६ गते क्याम्पसको क्षमता, भौतिक अवस्था र शिक्षक संख्याको आधारमा भर्ना गर्न अन्तरिम आदेश दिए लगत्तै उक्त क्याम्पस प्रशासनले सहायक क्याम्पस प्रमुख नवीनकुमार सुब्बाको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले यस्तो सुझाव दिएको हो । समिति संयोजक सुब्बाले ४ वटा कोठामा ६० का दरले २ सय ४० विद्यार्थीलाई भर्ना गर्न सिफारिस गरिएको जानकारी दिनुभयो ।

९३ शिक्षकको दरबन्दी रहेको उक्त क्याम्पसमा हाल ५४ जना स्थायी शिक्षक छन् । यसमा पनि ४७ जनाले मात्र पढाउने गरेका छन् । उक्त समितिले क्याम्पसको सम्पूर्ण भौतिक, प्रशासनिक र शैक्षिक विषयमा अध्ययन गरी करिब दुई साताअघि क्याम्पस प्रमुख डा. डीएन पराजुलीसमक्ष प्रतिवेदन बुझाएको थियो ।

करिब १२ पेजको प्रतिवेदनमा हाल १ हजार ८ सय मात्र क्षमता रहेको उक्त क्याम्पसमा झन्डै ११ हजार विद्यार्थी भर्ना हुँदा अत्याधिक समस्या परेको उल्लेख गरिएको छ ।

त्रिविका रेक्टर प्राडा सुधा त्रिपाठीले आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या घट्ने जानकारी दिँदै त्रिविले सर्वोच्चको आदेशानुसार नै नयाँ विद्यार्थी भर्ना लिने स्पष्ट पार्नुभयो । गत शैक्षिक सत्रमा अत्यधिक संख्यामा विद्यार्थी भर्ना गरी पठनपाठन अस्तव्यस्त पारिएको जनाउँदै अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुँयालले अन्तरिम आदेश दिनु भएको थियो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo