ओली–दाहालले तयार पारेको सूचीप्रति नेपालको असहमति

ओली–दाहालले तयार पारेको सूचीप्रति नेपालको असहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा तयार पारेको पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको सूचीमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा नेता नेपालले सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज दिन नहुने अडान राखेपछि बैठक बिहिबारको लागि सारिएको छ । मंगलबार नै सचिवालयको बैठकमा सो विषय प्रवेश गराइएको थियो ।

नेताहरुबीच मत बाझिएपछि सचिवालय बैठकले पार्टी जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाझिएपछि जिल्ला कमिटीको इन्जार्च र सहइन्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो । के गर्दा बढि उपयुक्त हुन्छ , भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन आज विहान नौ बजे पुनः बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo