अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसिलाई पक्राउ गरेको छ।
अख्तियारले उनलाई नक्कली ड्राइभर खडा गरी १० लाख घुस खाएको आरोपमा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीद्वारा मंगलबार पक्राउ परेका प्रमुख प्रहरी निरीक्षक जिसिमाथि अनुसन्धान सुरु भएको बताइएको छ ।
जिसिविरुद्ध १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दामा नकली चालक खडा गरिएको उजुरी परेको थियो ।
अख्तियार स्रोतका अनुसार नवलपरासी गैंडाकोटमा गत वैशाख ११ गते भएको सवारी दुर्घटनामा जिसीले नक्कली चालक खडा गरेका थिए। बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु र अर्का एक जना घाइते भएका थिए।
उक्त घटनामा पाण्डेको सट्टा किसुन महतोलाई चालक बनाएर प्रहरीले मुद्दा अदालतमा लगेको थियो ।





























प्रतिक्रिया