बारा,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ बारामा घुससहित एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।
हेटौडास्थित आयोगको टोलीले बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई मंगलबार साँझ दुई लाख ७५ हजार रुपैयाँ घुससहित कलैया उपमहानगरपालिका ७, बाट पक्राउ गरेको हो ।
विकास निर्माणका योजना पारिदिने भन्दै वडाध्यक्षले एकजना सेवाग्राहीसँग रकम लिएको अख्तियारले जनाएको छ । बरैसँगै उनका एकजना सहयोगी पनि पक्राउ परेका छन् ।





























प्रतिक्रिया