काठमाडौंमै १७ सय रोपनी जग्गामा गाँजा खेती

काठमाडौंमै १७ सय रोपनी जग्गामा गाँजा खेती

केन्द्रबिन्दु
0
Shares

सुरक्षा संबेदनशिलताको हिसावले सबै भन्दा सुरक्षित मानिने काठमाडौँमै १७ सय रोपनी जग्गामा गाँजा खेती हुन्छ भन्दा बिश्वास नलाग्न सक्छ।  तर, काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका केही स्थानमा प्रहरीले ठूलो मात्रामा गाजाको ब्यबसायिक खेती हुने गरेको फेला पारेको छ ।

प्रहरीले गोकर्णेश्वर न.पा. वडा नं -१ स्थित चिलाउने, गैरीगाउँ, माझगाउँ, कुने, खत्रीटोल आदि ठाउँमा लगाइएको गाँजा खेती नष्ट गरेको हो छ । लागूऔषध ब्यूरो कोटेश्वरको अगुवाइमा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको नेतृत्वमा खटिएको १२५ जनाको प्रहरी टोलीले सोमवार गाँजा खेती नष्ट गरेको जनाएको छ ।

अधिकांश गाँजा मकै खेतीभित्रै भेटिएको प्रहरीले दाबी गरेको छ। प्रहरीले गाँजा खेती गर्नेलाई भने नियन्त्रणमा लिएको छैन। गोकर्णेश्वर नगरपालिका क्षेत्रका केही स्थानमा अझै पनि गाँजा फडानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म २० प्रतिशतमात्र  गाँजा फाँडिएको प्रहरीले जनाएको छ ।

Logo