स्रोतहरु सिमित छन, आवश्यकताहरु असिमित छन्: मन्त्री तामाङ

स्रोतहरु सिमित छन, आवश्यकताहरु असिमित छन्: मन्त्री तामाङ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरूको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन्।

सोमबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १४ औँ वार्षिकोत्सव समारोहमा उनले मुलुकमा स्रोतहरु सिमित र आवश्यकताहरु असिमित भएको भन्दै अगामी वर्षमा गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, ‘हाम्रो स्रोतहरु सिमित छन्। आवश्यकताहरु धेरै छन्, असिमित छन्। राष्ट्रिय अर्थव्यवस्था मात्रै होईन, अन्तर्राष्ट्रिय जगतसमेत केही वर्षदेखि अर्थतन्त्र लयमा आउन खाजेको छ तर अपेक्षित प्रगति भईरहेको छैन्। जसले गर्दा न्यूनतम गर्नैपर्ने विषयहरु पनि सम्बोधन गर्न नसकिने खालको अवस्था पनि जानकारी गराउन चाहन्छु। त्यही पनि मन्त्रालयको तर्फबाट आगामी वर्षमा गर्न सक्ने कामहरु धेरै हुदाहुँदै पनि गर्न सक्ने कामहरुको बारेमा सकारात्मक रहेको विश्वास दिलाउन चाहन्छु।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर र क्षेत्रीयस्तरमा पनि विभिन्न जातजाती समुदायको भाषा, संस्कृती र संगीतको व्यवस्थापन गर्ने उद्देश्यले गठित प्रतिष्ठान आफैँमा महत्व प्राप्त संस्था भएको पनि उनको भनाई छ।

Logo