शाहरुखको हरेक सपना पूरा गर्ने २ व्यक्ति

शाहरुखको हरेक सपना पूरा गर्ने २ व्यक्ति

केन्द्रबिन्दु
0
Shares

बलिउडका बादशाह मानिने शाहरुख खानले आफ्नो करियर थिएटरबाट सुरु गरेका हुन् । त्यसपछि टेलिभिजन हुँदै उनी ठूलो पर्दामा आएका हुन् । उनले बलिउडमा धेरै संघर्ष गरेका छन् । उनले पटक पटक पत्नी गौरी खानले धेरै सपोर्ट गरेको बताउँदै आएका छन् ।

सुपरस्टार शाहरुख खानले आप्mनो सफलतामा मुख्यतः २ व्यक्तिको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले ट्वीटरमा करण जोहर र आदित्य चोपडासँगको पुरानो तस्बिर सेयर गर्दै यो कुरा खुलाएका हुन् । फोटोसँगै उनले एक इमोसनल नोट पनि लेखेका छन्, ‘सपना देख्नु राम्रो कुरा हो । तर सपनालाई सहि दिशा मिलेन भने त्यो सपनाको कुनै मतलवको हुँदैन् ।’ उनी अगाडि लेख्छन् ‘करण र आदित्यले मेरो हरेक सपना पुरा गरेका छन् । मैले यो सब यसकारण भनिरहेको छु । तपाईको सपनाभन्दा जरुरी त्यो हुन्छ, जसले तपाईको सपना पुरा गर्छन् ।’

शाहरुख, करण र आदित्य मिल्ने साथि पनि हुन् । करणलाई शाहरुखले परिवारको सदस्य मान्छन् । शाहरुखले करण जोहरसँग कुछ कुछ होता हे, कभी खुशी कभी गम, कभि अलविदा ना केहेना, माइ नेम इज खान जस्ता हिट फिल्ममा काम गरेका छन् । आदित्य चोपडासँग दिलवाले दुल्हनिया ले जाएंगे, जब तक हे जान, वीर जारा र रब ने बना दे जोडीमा काम गरेका छन् । शाहरुख खानलाई रोमान्टिक हिरोको पहिचान बनाउने श्रेय यि दुई फिल्ममेकर्सलाई जान्छ ।

शाहरुख खान पछिल्लो पटक निर्देशक आनन्द एल रायको ‘जिरो’ मा देखिएका थिए । यस फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउन सकेन । १९८२ मा रिलिज भएको अभिताभ बच्चन स्टारर फिल्म ‘सत्ते पे सत्ताको’ रिमेकमा उनलाई देख्न सकिन्छ । यस फिल्म फराह खानले निर्देशन गर्नेछिन् । रोहित सेट्टी यसको प्रोड्युसर हुन् ।

Logo