काठमाडौं । अभिनेत्री वर्षा राउत यतिबेला लुगाका कारण चर्चामा छिन् । चलचित्र जात्रै जात्राको प्रिमियर शो को लागि अस्ट्रेलियमा रहेकी वर्षाले एकदमै उत्तेजित पहिरन लगाईन् । जसका कारण उनी चर्चामा आएकी हुन् । प्राय बर्षालाई सिम्पल पहिरन र भुमिकामा रुचाईन्छ ।
उनी बिबाहपछि निकै बोल्ड भएको भन्दै सोसल मिडियाहरुमा ट्रोलको शिकार बनेकी छिन् । बर्षाले उक्त कार्यक्रममा एकदमै धेरै नेक लाइन खुलेको पहिरन लगाएकी थिइन् । केहि महिना अघि नायक संजोग कोइरालासँग बिबाह गरेकी बर्षाले चलचित्रको गीत रिलिज कार्यक्रममा पनि उत्तिकै हट पहिरन लगाएर उपस्थित भएकी थिइन् ।
वर्षा सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेपछि श्रीमान सन्जोग कोइरालाले बचाउ गरेका छन् । सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत संजोगले भनेका छन्, ‘म तिमीलाई सधैं प्रोत्साहन गर्छु, सम्मान गर्छु, तिम्रो हरेक लडाइमा तिम्रो साथमै उभिनेछु । तिम्रो संघर्ष र कठिनाईको समयमा पनि म तिमीलाई नै माया गरिरहनेछु । म तिमीलाई जस्तो समय र परिस्थितिमा पनि आनन्दित तुल्याउने प्रयत्न गर्नेछु । तिमी सधैं सही कुरा भन्न र गर्न सक्दैनौं त्यो ठीकै छ । तिमी यहाँ सबै कुरामा पर्फेक्ट हुन होइन तर वास्तविक हुनको लागी छौं ।’
उनले तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेकी थिईन् । कालो र सेतो रंगको गाउनमा उनी निकै हट त देखिएकी थिइन । तर उनको फ्यानहरुलाई उनको ड्रेसअप चित्तबुझेन । एक थरी फ्यानहरुले अब देखि यस्तो पहिरन नलगाउन आग्रह गरे भने अर्को थरीले उनलाई ज्योती मगरसँग तुलना गरे ।
क्लिभेज वक्षस्थलको बीच भागलाई ‘एक्सपोज’ गर्नु हो । यो एक किसिमको शैली नै हो, आकर्षक देखिने । आफुलाई कामुक, आकर्षक देखाउन सकिन्छ भन्ने बुझाई छ । तर आफुलाई कामुक र युनिक देखाउने चक्करमा अलि धेरै नै उदार हुन्छन् । पहिरनकै कारण उनीहरु हाइलाईट हुन खोज्छन् । यो एक ‘पब्लिसिटी स्टन्ट’ पनि हुन सक्छ । तर चर्चामै आउनको लागि यस्तो हर्कत गर्नु जरुरी छ र ?





























प्रतिक्रिया