१३ जना सवार भारतीय वायु सेनाको जहाज वेपत्ता

१३ जना सवार भारतीय वायु सेनाको जहाज वेपत्ता

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । १३ जना सवार भारतीय वायु सेनाको जहाज वेपत्ता भएको छ । पूर्वी भारतको असमको जोराहटबाट अरुणाञ्चलको मेचुका लागि उडेको भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको हो ।

एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ। मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ छ ।

Logo