आजको मौसम : बेला-बेलामा घाम, दिउँसोतिर असिना

आजको मौसम : बेला-बेलामा घाम, दिउँसोतिर असिना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर असिनासहित पानी आउने गरेको छ ।

अहिले प्रिमनसुनको समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरको मौसम आज पनि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आइतबार काठमाडौं सहित पूर्वी नेपालमा हावाहुरी र चट्याङसहित वर्षा भएको र आज पनि त्यस्तै सम्भावना रहने मौसमविद्हरुको पूर्वानुमान छ ।

Logo