कांग्रेस सांसद गुरूङको निलम्बन फुकुवा

कांग्रेस सांसद गुरूङको निलम्बन फुकुवा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाली कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ।

मनाङबाट निर्वाचित सांसद गुरुङको निलम्बन फुकुवा भएको जानकारी संघीय संसद सचिवालयले विज्ञप्ती निकाल्दै जनाएको छ।

सांसद गुरुङलाई विशेष अदालतले भृकुटीमण्डपस्थित् फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको थियो।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवानामात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए।

Skip This
Skip This
Logo