इटहरी ।
कोशीटप्पु आरक्ष क्षेत्रमा रहेको मुकुना नामक हात्ती तत्काल नमार्ने निर्णय भएको छ । आरक्ष क्षेत्रबाट गाउँ पसेर बर्सेनी मानिसको ज्यान लिइरहेको हात्ती तत्काल नमार्ने निर्णयमा सुनसरी प्रशासन पुगेको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा बसेको बैठकले मकुना बौलाएको हो वा हैन् भन्ने विषय यकिन गर्ने सहमतिमा टुङ्गिएको छ । प्रमुख जिल्ला अधिकारी, प्रमुख संरक्षण अधिकृत, आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाका साथै सुरक्षा निकायका प्रमुखका साथै गाउँपालिका अध्यक्ष र पीडित पक्षबीच भएको छलफलले तत्काललाई हात्तीलाई नेल लगाएर राख्ने सहमति जुटाएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार जंगली हात्ती बौलाएको हो वा हैन भन्ने विषय यकिन नभई यसै गरिने भन्ने नमिल्ने प्रतिक्रिया दिए । उनका अनुसार चितवनबाट प्राविधिकको टोली आएर खुट्टामा नेल लगाउने काम गर्ने र केही दिनको अवस्था जाँच गरि हात्ती बौलाएको हो हैन् निर्क्यौल गरिनेछ । आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले छलफलबाट क्षतिपूर्ती लगायतको विषयमा समेत सहमति जुटाएको बताए ।
उक्त मुकुना हात्तीको आक्रमणमा परी सोमबार कोशी गाउँपालिका ६ श्रीपुरका प्रमोद यादवको मृत्यु भएको थियो । पीडित परिवारलाई १० लाख ५० हजार दिने सहमति समेत भएको छ । कोशी गाउँपालिकाका प्रमुख अयुव अन्सारीका अनुसार हालसम्म मुकुना हात्तीले १८ जनाको ज्यान लिइसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदभा (क) मा बौलाएको जंगली जनावर तोकिएको अधिकारीको आदेशमा मार्न, वा पक्रन सकिने उल्लेख गरेको छ ।राजधानीबाट































प्रतिक्रिया