आगामी बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा छ: मन्त्री श्रेष्ठ

आगामी बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा छ: मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रसँग सम्बन्धित मात्र नभएर आफ्नो क्षमताले भ्याएसम्मका कामहरुका लागि मन्त्रालयको ढोका सधैँ खुला रहेको बताएकी छिन्।

बिहीबार काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोको १५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफूले आउँदो आर्थिक वर्षको बजेटमा समेत काम गरिरहेको बताउँदै स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकता दिने बताइन्।

उनले भनिन्,‘एकजना म्यामले यहाँका समस्याहरु प्रधानमन्त्रीज्यूलाई सुनाइलिनुहोला भन्नुभएको थियो। म रहेको मन्त्रालयको ढोका सधैं खुल्ला छ। हामीले कुनै पनि समारोहमा सुनाउने परम्परालाई चिर्दै अब समाधान बताउने हुनुपर्दछ। आउँदो आर्थिक वर्षको बजेटमाथि पनि म काम गरिरहेकी छु। स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने प्रयत्न गर्नेछु।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति निर्माणका लागि पाठ्यक्रममा सुधार गर्नुपर्ने उल्लेख गर्दै यसबारे शिक्षा मन्त्रालयले पुनरावलोकन गर्ने बताइन्।

उनले एकजना मृत मानिसको शरीरबाट आठजना हड्डीसम्बन्धी बिरामीलाई निको पार्न सक्ने भन्दै यसका लागि अंग दानका लागि आवश्यक नीतिमा काम गर्नुपर्ने बताइन्।

Skip This
Skip This
Logo