एजेन्सी । युरोपियन च्याम्पियनसीपको लिभरपुल र टोटेनह्यामबीच फाइनल खेल चलिरहेको थियो । खेल सुरु भएको १८ औं मिनेटमा एक महिला खेल मैदानमा प्रवेश गरिन् । रसियन चर्चित मोडल केन्सी वलान्स्की मैदानमा प्रवेश गरेपछि उनलाई बाहिर पठाउन एम्पायरलाई निकै हम्मेहम्मे पर्यो ।
उनले मैदानमा गएर आक्राणकारीजस्तै आएर हंगामा मच्चाईन् । यतिबेला उनी सामाजिक सञ्जालमा निकै भाईरल बनेकी छन् । इन्सटाग्राममा ३ लाख फ्लोअर भएकी उनलाई पछिल्लो समयमा नै १० लाखभन्दा बढीले फ्लो गरिसकेका छन् ।
उनले उक्त फोटो आफ्नो इन्सटाग्राममा पनि राखेकी छन् । उनले इन्स्टाग्राममा एक फोटो र आफू छिरेको भिडियो राखेर लेखेकी छन्, मड्रिड स्पेन ।
उनले लगाएको कालो आउटफिट ड्रेसमा लेखिएको थियो, भिटाली । भिटाली एक युट्युब च्यानल हो । उनी यसै युट्युब च्यानलको प्रोमोसनको लागि खेल मैदानमा छिरेको हुन सक्ने अनुमान गरिएको छ ।
भिटाली युट्युब च्यानल उनको ब्वाइफ्रेन्ड भिटाली जेन्डोरोभेट्स्की रहेको खुलेको छ । केन्सीका ब्वाइफ्रेन्डले सन २०१४ को विश्वकप फाइनलमा पनि यस्तै प्रकारको हंगामा परेका थिए ।
उनले चर्चाका लागि यसरी फाइनल खेलको बिचमा गएर अवरोध गरेको जनाइए पनि खास कारण भने खुल्न सकेको छैन ।































प्रतिक्रिया