काठमाडौं,
विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।
ओपनर डेभिड वार्नर र आरोन फिन्चले उत्कृष्ट पारी खेलेपछि अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि रक्षा यात्राको सुरुवात गरेको हो ।
अफगानिस्तानले दिएको २०८ रनको लक्ष्य अष्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । उसका लागि ओपनर वार्नरले ११४ बलमा ८९ रनको शानदार पारी खेले । अर्का ओपनर तथा कप्तान फिन्चले ४९ बलमा ६६ रनको योगदान गरे ।





























प्रतिक्रिया