भारतीय काँग्रेसको संसदीय दलको नेतामा चौथो पटक सोनिया गान्धी

भारतीय काँग्रेसको संसदीय दलको नेतामा चौथो पटक सोनिया गान्धी

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली,

भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँ चौथो कार्यकालका लागि निर्वाचित हुनु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाज उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले बताउनु भएको छ ।

भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि गठन भएको नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने भएको छ । नयाँ सरकारको नयाँ केन्द्रीय बार्षिक बजेट भने सरकारले यही जुलाई ५ तारिखका दिन सार्वजनिक गर्ने संभावना रहेको छ ।

लोकसभामा काँग्रेसको ५२ जना सांसद रहेका छन् । गान्धीले संसदमा उनीहरुको नेतृत्व गर्नु हुने भएको छ । उहाँ सन् २००४ देखि निरन्तर काँग्रेसको संसदीय दलको नेता हुनुहुन्छ ।
रासस /एएनआई

Logo