काठमाडौं,
मनसुनको पूर्वसन्ध्यामा जारी प्री मनसुनी वर्षा केही दिन अझै जारी रहनेछ । नेपालमा मनसुन सुरु हुन अझै दुई साता भन्दा बढी लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मौसम विज्ञान विभागले शनिबारबाट प्रवेश गर्ने औसत समय भए पनि मनसुन सुरु हुन अझै एक साता लाग्ने बताएपछि नेपालको मनसुन पनि पछि सर्ने निश्चित भएको हो । प्री–मनसुनको अवधिमा चलेको वायु र भारतमा प्रवेश गर्ने मनसुनी वायुपछि मात्रै नेपालमा मनसुनको पूर्वानुमान गर्ने गरिन्छ । भारतमा नै एक सातापछि मनसुनी वायु प्रवेश गर्ने भएकाले नेपालमा पनि मनसुन ढिला सुरु हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
मनसुन प्रवेशको औसत समयभन्दा केही दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गर्ने पूर्वानुमान गरिएको महाशाखाका मौसमविद् श्रेष्ठले जानकारी दिए । ‘विगतका वर्षमा भारतको केरलामा १ जुनमा मनसुन सुरु हुँदा नेपालमा १० जुनमा मनसुन प्रवेश गथ्र्यो,’ उनले भने, ‘यो वर्ष केरलामा अझै मनसुन प्रवेश नगरेकाले औसत भन्दा ढिलो गरी मनसुन सुरु हुने देखिन्छ ।’ यो वर्षको मनसुनमा औसत वर्षा हुने पूर्वानुमान गरिएको मौसमविद्हरूले बताएका छन् ।
राजधानीबाट































प्रतिक्रिया