जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छ त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त: अध्यक्ष नेपाल

जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छ त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त: अध्यक्ष नेपाल

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् त्यो पार्टीलाई खत्ता पार्ने सिद्धान्त भएको टिप्पणी गरेका छन्।

शुक्रबार युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् त्यो पार्टीलाई खत्ता पार्ने सिद्धान्त भएको टिप्पणी गरेका हुन्।

उनले भने,‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन्। त्यसमध्ये ६ वटा सरकारमा छन्। एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ। त्यसैले कोही पनि घमण्डी नहोस्। दम्भ नदेखाऔं, झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको मुख्यमन्त्रीको सिलसिलामा आइसकेको थियो। तर, प्रधानमन्त्रीले लचकता देखाउनुभयो। अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ। अहिले विभिन्न प्रदेशमा हामीलाई स्थान दिइएको छ। कसैले कांग्रेसलाई शत्रु बनाउनुपर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन्। त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो।

Logo