खोटाङ,
खोलामा डुबेर खोटाङमा दुई बिद्यार्थीको मृत्यु भएको छ। साप्सुखोलामा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको मृत्यु हो।
प्राविधिक शिक्षालयले शनिबार भ्रमणका लागि लगेको समयमा पौडी खेल्दा दुई विद्यार्थीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।
सुरुमा भट्टराई दहमा डुबेको र बचाउन जाँदा बस्नेत पनि डुबेका हुन् । दुबै जना दहमा डुबेपछि तेस्रो विद्यार्थीले शिक्षक तथा साथीहरुलाई खबर गरेका थिए ।





























प्रतिक्रिया