काठमाडौं,
आज पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अबको तीन दिन काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना छ ।
अहिले सफा रहेको उपत्यकाको मौसम पनि दिउँसो ३–४ बजेतिर बदली भई पानी पर्नेछ । तर उपत्यकाका कुनै ठाउँमा पानी परे पनि कुनै ठाउँमा भने पानी नपर्ने सम्भावना रहेको विभागले जनाएको छ ।































प्रतिक्रिया